Events

प्रमुख कार्यकारी अधिकृत स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

2026-09-06

Banepa

मिति २०८३ भाद्र २१ गते बनेपा स्थित लिटिल स्टार फुड क्याफेमा एक कार्यक्रमका बीच संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री नविन भक्त बादे श्रेष्ठको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार श्री विकास बादे, सल्लाहकारज्यूहरुको विशेष उपस्थिति तथा प्रमुख कार्यकारी अधिकृत नियुक्ती पदपुर्ती उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा संस्थाका विभिन्न समिति, उपसमिति तथा कर्मचारीहको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थागत सुशासन तथा नेतृत्व विकास सम्बन्धमा सल्लाहकार तथा विज्ञ व्यक्तित्व श्री इन्द्र नारायण भैल र प्रमुख कार्यकारी अधिकृत छनौट नियुक्ती पदपुर्ती उपसमितिका संयोजक श्री राजु सरकारले प्रशिक्षण दिनु भएको थियो । संस्थाका सचिव श्री बुद्धरत्न मानन्धरले सञ्चालन गर्नु भएको र कोषाध्यक्ष श्री गणेशकुमार रंजितले उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक श्री रामप्रसाद श्रेष्ठ लगायत समिति, विभिन्न उपसमिति र कर्मचारीहरु गरी ४३ जना भन्दा बढिको उपस्थिति रहेको थियो